बाँके,बैशाख ७ । बाँकेको राप्तीपारी क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिकाको छुट्टाछुट्टै दुई स्थानमा भएको आगलागीमा दश वटा घर जलेका छन्। आगलागीबाट रु २५ लाखको क्षति भएको प्रहरीले अनुमान गरेको छ।
बुधबार साँझ नरैनापुर गाउँपालिका-३ गेग्ली गाउँमा आगलागी हुँदा पाँचवटा घर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले बताए। उनका अनुसार दुई वटा घरमा आंशिक क्षति पुगेको छ ।
यसैगरी, नरैनापुर गाउँपालिका-३ को जनतापुरमा आगलागी हुँदा तीन घर र एक गोठमा क्षति पुगेको छ। त्यहाँ करिब रु १५ लाखको क्षति भएको छ।
करिब डेढ दुई घण्टाको फरकमा दुई वटा स्थानमा भएको आगलागी स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले बताए। गर्मीको मौसममा नरैनापुर क्षेत्र आगलागीको उच्च जोखिममा पर्ने गरेको छ।
प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार
