काठमाडौँ,बैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागि छिमेकी मुलुक भारत लगिएको छ।
उनलाई केही बेरअघि श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको हो।
राष्ट्रपति पौडेलको थप उपचार दिल्लीस्थित अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने बताइएको छ।
उनलाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउदलगायतका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।
मंगलबार बिहान राष्ट्रपति पौडेल बेहोश भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनको छातीमा पीप जमेको अस्पताल स्रोतले जनाएको छ।
एक साता अगाडि पनि उनी बिरामी परेर शिक्षण अस्पतालमै उपचार गरेर फर्किएका थिए।
पौडेलको परिवारले नै थप उपचारका लागि भारत लैजान चिकित्सकसँग आग्रह गरेका हुन्।
प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार
