२०८२ असार ५ गते शुक्रवार

रोल्पामा ठूलो मात्रामा उत्पादन गरिएको अफिम खेती प्रहरीद्वारा नष्ट

रोल्पा,चैत २९ । रोल्पामा ठूलो मात्रामा उत्पादन गरिएको अफिम खेती प्रहरीको टोलीले नष्ट गरेको छ।

रोल्पा जिल्ला परिवर्तन गाउँपालिकाका बिभिन्न स्थानहरुले अबैध रुपमा अफिम खेती भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी सुराकी समेत प्रयोग गरी प्राप्त सुराकका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार र मंगलबार सम्बन्धित ठाउँमै पुगेर सबै अफिम नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाबाट २०७९ चैत २७ गते प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ३८ जनाको प्रहरी टोली खटिई परिवर्तन गाउँपालिका,वडा नं.४ पाछाबाङको खोलागाउँ,तारल,बसुन्धरा भन्ने स्थानका करिब २० रोपनी क्षेत्रफलको पाखोबारीमा लगाएको अफिम करिब १८ हजार बोट अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

साथै २०७९ चैत २८ गते प्रहरी निरीक्षकको नेतृत्वमा ३० जनाको टोलीले सोही गाउँपालिका वडा नं.४ को जैरेनी, तातापानी भन्ने स्थानको पाखोबारी र अर्को गाउँपालिका वडा नं.५ राङकोटको बजेनी भन्ने स्थानको जंगल बिचमा रहेको गोठहरु रहेको जमीन गरी जम्मा करिब ८ रोपनीमा लगाएको अफिम ७ हजार ५ सय बोट अबैध अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्याम कुमार सारु मगरले एक प्रेस सूचना जारी गर्दै जानकारी दिए ।

चैत २७ र २८ गते गरी करिब २८ रोपनी पाखोबारीमा उत्पादन गरिएको २५ हजार ५ सय अफिम नष्ट गरिएको छ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *