२०७७ कार्तिक ४ गते मङ्गलवार

विप्लवद्वारा फेरि नेपाल बन्दको आह्वान

 


दाङ, चैत १२ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले फेरि नेपाल बन्दको आह्वान गरेको छ । महासचिव ‘विप्लव’ले जारी गरेको विज्ञप्तिमा चैत १६ गते नेपाल बन्द आह्वान गरिएको छ ।

विज्ञप्तिमार्फत १३ गते देशभर चोक जुलुस, १४ गते देशभर कोणसभा, १५ गते मसाल जुलुस, १६ गते नेपाल बन्द, १९ गते अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन र २४ गते देशव्यापी जनसभा र जनप्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

सरकारले चैत महिनाभित्र पार्टीमाथिको प्रतिबन्ध नहटाए सरकारविरूद्ध प्रतिवन्ध र आमहड्ताल गर्ने चेतावनी दिइएको छ । नेताहरू धमाधम पक्राउ पर्न थालेपछि चन्दले सोमबार एक विज्ञप्ति जारी गरी प्रतिबन्ध नहटाइए सरकारविरूद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : २०७५ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *