राजेश खत्री,
दाङ, चैत्र ७ । आज फागुपर्व अर्थात् होली हिन्दुहरुको प्रमुख चाड मानिन्छ । होलीपर्व लाइ रंगै रंगहरुसँगको पर्व पनि भनिन्छ । आज दाङ लगायत तराईका विभिन्न जिल्लाहरुमा एक आपसमा माया प्रेम, भाईचारा र सामाजिक सद्भाव, आत्मीयता साटासाट गरी र हर्षोल्लासका साथ होली मनाइदै छ ।
आज दाङको तुलसीपुरमा पनि बिभिन्न संघ संस्थाहरुले कार्यक्रमको आयोजना गरि होलीपर्व मनाएका छन ।
रंगै रंगहरुको पर्व भएकाले यो पर्व एकातिर माया प्रेम, भाईचारा र सामाजिक सद्भावको रूपमा स्थापित हुदै गईरहेको छ । यो पर्व पछिल्लो समयमा आधुनिकताको नाममा प्रयोग गरिने रासायनिक र कृतिम रङ्गहरूको बड्दो प्रयोगले मानिसको स्वास्थ्यका लागी खतरा बन्दै गईरहेको छ ।
हेर्नुहोस फोटोफिचर :
प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार