दाङ, माघ ११ । आमा छोरा संगै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।
रोल्पा नगरपालिका वडा नं. ६ निवासी ३४ बर्षीया आमा चन्द्रकुमारी दमाई र १५ बर्षीय छोरा मुकेश बिक एउटा खाली घर भित्र झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।
जिल्लाको रुन्टीगडी गाउँपालिका वडा नं. ७ बलबाङस्थित सुन्दर चलाउनेको खाली घर भित्र उनीहरु झण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जानकारी दिए ।
आमा छोरा एउटै सल काटेर सोही सलको प्रयोग गरि बलोमा झुण्डिएर आत्महत्या गरेको देखिएको डिएसपी घिमिरेले बताए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय लिवाङको प्रहरी टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकरी दिएको छ ।
प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार