२०८२ माघ २३ गते शुक्रवार

ग्लोबल आईएमई र बैंक अफ काठमाडौँको एकीकृत कारोबार दाङमा पनि सुरु

दाङ ,पुस २५ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौँ  गाभिएर सोमबारदेखि ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु भएको छ।

बैंक अफ काठमाडौँसँग मर्ज भएसँगै ग्लोबल आईएमई बैंक मुलुककै ठूलो वाणिज्य बैंक बनेको छ।

आजदेखि दाङको लमहीबाट एकीकृत कारोबार सुरु भएको बैंककी शाखा प्रवन्धक रेणु घिमिरेले जानकारी दिइन्।

एकीकृत कारोबारको लमही नगरपालिका प्रमुख जोगराज चौधरीले रिबन काटेर शुभारम्भ गरेका हुन्।

‘मर्जर’पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्तापुँजी ३५।७७ अर्ब, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

दुई बैंकको मर्जरपश्चात् कुल ३९६ शाखा कार्यालय, ३६८ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा यो बैंक मुलुकको सबैभन्दा ठूलो बैंक भएको छ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *