२०७७ कार्तिक १२ गते बुधवार

३५ दिनभित्र अवैध हतियार बुझाउन सरकारको आग्रह


दाङ, १ चैत ।
सरकारले सर्बसाधारणलाई ३५ दिनभित्र अवैध हतियार बुझाउन आह्वान गरेको छ । मन्त्रीपरिषद् बैठकले सर्बसाधारणसँग भएका अबैध हतियार बुझाउनका लागि आह्वान गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सम्पूर्ण अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताए ।

सरकारले जनतासँग भएका अवैध हतियारहरु नजिकका प्रहरी, सेना वा सशस्त्र प्रहरीलाई बुझाउनका लागि आह्वान गरेको छ । सरकारले ३५ दिनभित्र हतियार बुझाएको खण्डमा अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुने निर्णय गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिवन्ध लगाउने घोषणासँगै सरकारले यस्तो निर्णय गरेको हो ।

०६२÷०६३ को माओवादी द्वन्द्वको क्रममा प्रयोग भएका हतियार विप्लव समूहले प्रयोग गरिरहेको सुरक्षा संयन्त्रको विश्लेषणपछि यस्तो निर्णय सार्वजनिक भएको हो । सरकारले उक्त समूहलाई लक्षित गरेर निर्णय सार्वजनिक गरेको स्रोतको भनाई छ ।

यसैबीच संगठित अपराध गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको सरकारले जनाएको छ । साथै प्रचलित कानुनअनुसार नै प्रतिबन्ध लगाएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका कानुनलाई टेकेर प्रतिबन्ध लगाइएको बताए ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *