२०८१ बैशाख १२ गते बुधवार

लुम्बिनीमा माओवादीको दल नेता जोखबहादुर महरा निर्वाचित

दाङ,पुस १८। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लुम्बिनीमा दल नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क)बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा निर्वाचित भएका छन ।

भर्खरै सम्पन्न प्रदेशसभा सदस्यहरुको बैठकले उनलाई दलनेताको रुपमा निर्वाचित गरेको हो । लुम्बिनीमा प्रदेशमा (माओवादी केन्द्र) ९ जनाको प्रदेश सभासदस्यहरुले सर्वसमति रुपमा निर्वाचित गरेको हो ।

आज विहानसम्ममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जोखबहादुर महरानै हुने भन्ने निश्चित थियो ।

बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा सर्वसमतिमा टुगांएको थियो ।

निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि शुभकामना दिएका छन ।

उनले भने,’सरकार र दलको नेतृत्व गर्नुहोला सफल कार्यकालको शुभकाना छ । ‘

 

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *