२०८२ माघ २८ गते बुधवार

रजौरामा निशुल्क स्वास्थ्य शिबिर

तुलसीपुर,पुस १६ । तुलसीपुरमा एकदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा न ६ स्थित साझा निसन्तान तथा महिला उपचार क्लिनिक  आयोजनामा शनिबार एक कार्यक्रमका बिच निशुल्क स्वास्थ्य शिबिर भएको हो ।

शिबिरमा १ सय ६ जना महिलाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको साझा निसन्तान तथा महिला उपचार क्लिनिकका संचालक किशोर गौतमले जानकारी  दिए ।

उनका अनुसार शिबिरमा तल्लो पेट दुख्ने,सेतोपानी बग्ने,महिनावारी गडबडी लगाएतका समस्या भएका महिलाहरुको निशुल्क परिक्षण गरिएको थियो ।

स्वास्थ्य शिबिरमा गाइनोलोजिस्ट डाक्टर बिनाेद सिह,रेडियोलोजिस्ट डाक्टर पबन कुमार लम्साल,रोशनी सेर्पाइली,अर्पणा खड्का,रेखा पुनमगर,आरती चौधरीको टिमले स्वास्थ्य परिक्षण गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *