आशिष के.सी.
सल्यान, २९ फागुन ।
शारदा नगरपालिका सल्यानले खानेपानीको लागि ग्रामीण खानेपानी सुधार आयोजनासँग खानेपानी मन्त्रालयमा सम्झौता गरेको छ । ग्रामीण खानेपानी सुधार आयोजना भाग–२ लाई शारदा नगरपालिकामा सञ्चालन गर्ने सम्बन्धमा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी र मन्त्रालयका सहसचिव एवं आयोजना प्रमुख मनोज घिमिरे बीच मंगलबार एक सम्झौता सम्पन्न भएको हो ।
नगरपालिकाभित्र खानेपानीको समस्या ब्यापक रहेको अवस्थामा नगरपालिकाले ग्रामीण खानेपानी आयोजनाले खानेपानी आयोजनाको भाग–२ अन्तर्गत अब सल्यानको शारदा नगरपालिकाभित्र मात्र केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिने आयोजनाले जनाएको छ । नगरपालिकामा पानीको ब्यापक समस्या रहेको छ, ति समस्या निराकरण गर्नको लागि आफू सधैं लागिरहेको नगर प्रमुख अधिकारीले जानकारी दिए ।
सल्यानको केन्द्रविन्दु भएपनि बिगतदेखि नै खानेपानी, विद्युतको समस्या रहेको र ति समस्यालाई दीर्घकालिन रुपमा हटाउन लागिरहेका तथा अहिले सञ्चालनमा रहेको खंलगा शितलपाटी खानेपानीको लागि विद्युत महसुलले गर्दा उपभोक्तामा मंहगो पर्न गएको विद्युत महसुल घटाउन आफूले पहल गरिरहेका जानकारी दिए ।
अब छिट्टै शारदा नगरपालिकाभित्र रहेका खानेपानी मुहान र तिनको अवस्थाबारे तथ्याङ्क संकलन र स्रोत मूल्याङ्कन गरिसकेको छ । अब तिनको नियमित परिचालनमा आयोजनाको जोड दिने बताएको छ । जसका कारण खानेपानीको अभावबाट शारदा नगरपालिकाभित्रका उपभोक्ताहरुले छिट्टै मुक्ति पाउने कुरामा विश्वास बढेको हो ।
ग्रामीण खानेपानी सुधार आयोजना भाग–२ र शारदा नगरपालिकाबीच भएको सम्झौता खानेपानीका सन्दर्भमा एउटा कोसेढुंगा भएको भन्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले आफ्नो प्रत्येक नगरबासीलाई खानेपानी पु¥याउने लक्ष्यमा सहयोग पु¥याएकोमा मन्त्रालयलाई धन्यवाद दिएका छन् ।