२०८१ बैशाख ६ गते बिहिवार

समृद्ध समाजका लागि प्रभावकारी नेतृत्वः नगरप्रमुख पाण्डे


उमा भण्डारी
तुलसीपुर, २० फागुन ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले समाजको समृद्धिका लागि प्रभावकारी नेतृत्व आवश्यक भएको बताएका छन् । तुलसीपुर मिडिया प्रालिको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा सञ्चालन गरिएको सातदिने उद्घोषण तथा नेतृत्व विकास तालिमको समापन कार्यक्रममा नगर प्रमुख पाण्डेले यस्तो बताएका हुन् ।

समाजमा हुने हरेक क्रियाकलापलाई पारदर्शीता बनाउने कामलाई असल नेतृत्वले प्रभाव पार्ने भन्दै कुशल नागरिक उत्पादनका लागि यस्ता तालिमहरुको महङ्खवपूर्ण योगदान हुने बताए । उद्घोषण तथा नेतृत्व विकास तालिमले हरेक नागरिकलाई उत्पादन, व्यवसाय र सेवासँग जोडिन सिकाउने बताए । समाजका हरेक विकृति र विसंगतिलाई तोड्नका लागि नयाँ नेतृत्वको आवश्यकता पर्दछ उनले भने ‘यसका लागि यस्ता तालिमहरुलाई अभियानका रुपमा सञ्चालन गरिनुपर्दछ ।

सार्वजनिक क्षेत्रमा आउने कठिनाईहरुलाई पन्छाएर लैजानका लागि नेतृत्व बलियो हुन आवश्यक छ । हत्या हिंसा, दमनका विरुद्धमा आवाज उठाउन, सुधारात्मक विषय तथा सम्बन्धित निकाय एवं सरोकारवालाहरुसम्म आफ्ना आवाजहरु पु¥याउनका लागि नेतृत्वको माध्यमबाट त्यस स्थानसम्म पुग्न सकिने उनले बताए ।

प्रशिक्षार्थी धनबहादुर केसीले समाजका हरेक गतिविधिहरुलाई अगुवाई गर्दै लैजान सकिने क्षमताको विकास भएको बताए । आवश्यक परेको समयमा कुनै पनि स्थानमा पुगेर खुलेर बोल्न सक्ने क्षमताको विकास तालिमले गरिदिएको बताए । प्रशिक्षार्थी प्रतिक्षा शर्माले यस्ता तालिमहरु हरेक स्थानका नागरिकहरुलाई आवश्यक भएको बताइन् ।

सर्वप्रथम क्षमता अभिवृद्धि आवश्यक पर्ने भएको बताउँदै स्थानीय निकायले यस्ता तालिमहरु समय–समयमा सञ्चालन गरी नागरिकलाई सक्षम बनाउन आग्रह गरिन । त्यसैगरी तालिमका प्रमुख प्रशिक्षक सुशील बस्नेतले सकारात्मक सोंचको विकास गरी समृद्ध समाज निर्माणमा यस्ता तालिमहरुले महङ्खवपूर्ण भूमिका रहने बताए ।

तालिममा प्रशिक्षार्थीहरुले आत्मविश्वास र क्षमता अभिवृद्धिका लागि स्थानीय तहहरुले बजेट छुट्याउनु पर्ने माग राखेका थिए । उक्त अवसरमा प्रशिक्षार्थीहरु जोगेन्द्र नेपाली, युवराज नेपाली, चम्पा विक, जानका भट्टराई, समीक्षा रिजाल, रीना डंगोललगायतले हरेक क्षेत्रका नागरिकहरुमा कुशल नेतृत्व वहन गर्नसक्ने क्षमताको विकास गर्न यस्ता तालिमहरुलाई अनिवार्यता रहेको भन्दै आयोजकप्रति आभार ब्यक्त गरेका थिए ।

समापन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा सदस्य सुरेश श्रेष्ठ, तालिम संयोजक सावित्री गुरुङ, सहसंयोजक मधु सुनारले क्षमता अभिवृद्धिका कार्यक्रमहरु आगामी दिनहरुमा समेत सञ्चालन गरिने बताए । तुलसीपुर वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । कार्यक्रमको सहजीकरण प्रशिक्षार्थी सावित्रा श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य प्रशिक्षार्थी अनिता राजभण्डारीले गरेकी थिइन । तालिम फागुन १३ गतेदेखि सञ्चालन भएको थियो । जसमा प्रमुख प्रशिक्षक सुशील बस्नेत, तुलसीपुर मिडिया प्रालिका निर्देशक गोपाल शर्मा भट्टराई, पत्रकार नारायण खड्का, गणेश आचार्य र शर्मिला डिसीले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *