जनकपुरधाम, फागुन १५ । धनुषमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने धनुषाको ढल्केबर चोकमा ना. ६ ख. ९४२९ नम्बरको ट्रकले ना. ४ ख. ४९६ नम्बरको बसमा ठोक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा १८ जना यात्रु घाईते भएका छन् ।
मृत्यु हुनेमा बसमा सवार भारत विहारको मोतिहारी बस्ने २२ वर्षिय उदेश ठाकुर र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ कि ५० वर्षिया शम्भुकला देवी मण्डल रहेको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राइले जानकारी दिएका छन् ।
दुर्घटनामा घाईते भएका १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार