२०८१ भाद्र २३ गते आइतवार

दर्ता नगरी व्यवसाय गर्दै आएकाहरु खोज्दै स्थानीय सरकार

दाङ,फागुन १२ । दर्ता नगरी व्यवसाय गर्दे आएकाहरुलाई स्थानीय सरकारले खोज्न सुरु गरेको छ । आइतवारदेखि तुलसीपुर उपमहानगरपालिकाले दर्ता नगरी व्यवसाय गर्दै आएकाहरुको खोजी सुरु गर्ने अभियान थालेको छ । व्यवसायीको घरमै पुगेर दर्ता विना व्यवसाय गरे कारवाही हुने तथा नविकरण नगरी व्यवसाय संचालन गर्दै आएकाहरुलाई तत्काल आफ्नो व्यवसाय दर्ता गर्न आग्रह सहित अभियान सुरु गरेको छ ।

उपमहानगरपालिकाका वित्तिय अधिकृत ललित घर्तीले स्थानीय सरकारले अबदेखि कसैलाई पनि दर्ता नगरी कुनैपनि व्यवसाय संचालन गर्न नदिने बताए । ‘व्यवसाय नविकरण र दर्तालाई प्रभावकारी वनाउनका लागि त्यस्तो अभियान संचालन गरिएको हो,’ घर्तीले भने ‘ विना दर्ता नै व्यवसाय गरेर राज्यलाई ठग्दै आएकाहरु अब तह लाग्ने छन् ।’

उनले व्यवसाय दर्ता नगरेर व्यापार गर्दै आएकाहरु तथा एकपटक दर्ता गरेपछि फेरि नविकरण गर्न नजाने प्रवृत्तिको अन्त्य गर्न अभियान संचालन गरिएको जानकारी दिए ।

तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्यमा दुई समुह वनाएर उपमहानगरपालिका क्षेत्रभित्र आइतवारदेखि परिचालन गरिएको घर्तीले बताए । ‘आज हामीले कृष्ण मन्दिर र बजारका केही क्षेत्रमा पठाएका छौं,’ घर्तीले भने ‘प्रारम्भिक चरणमा तुलसीपुर वजार क्षेत्रभित्र सुरु गरिएपनि विस्तारै यो अभियान हरेक वडामा पुग्ने छ।’ चैत महिनासम्म अभियान चलाएर पछि त्यसको नतिजालाई विश्लेशन गरि थप कदम चाल्ने तयारीमा स्थानीय सरकार रहेको घर्तीले बताए ।

पछिल्लो समय व्यवसायीहरुको सँंख्या वढेको भएपनि त्यो अनुरुप दर्ता प्रक्रियामा व्यापारी नगएको पाइएको हुँदा अभियान संचालन गरिएको वित्तिय अधिकृत घर्तीको तर्क छ ।

अभियानका क्रममा घर तथा जग्गा वहालमा दिने घरधनी तथा जग्गाधनीलाई पनि करको दायरामा ल्याउनका लागि तथ्यांक शंकलन पनि गरिने भएको छ । पहिले नेपाल सरकारले घर तथा जग्गावहाल कर लिने गरेकोमा नेपाल सरकारकै निर्णय वमोजिम गत चैत महिनादेखि स्थानीय तहले कर असुली गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *