२०८१ फाल्गुन २ गते शुक्रवार

सल्यानमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु हुँदै

शंकर केसी,
सल्यान, फागुन १२ । सल्यानमा सञ्चालन हुन लागेको प्रारम्भिक कक्षा पढाइका लागी तथ्यांक संकलन गरिएको छ । विद्यार्थीको तल्लो कक्षामै पढाई कमजोर देखिएपछि पठन सीपमा सुधार गर्न भन्दै सञ्चालन गर्न लागिएको (इजीआरपी) कार्यक्रम अन्तर्गत तल्लो कक्षाका विद्यार्थीको सिकाइको अवस्था, शिक्षा नीती कस्तो छ भन्ने बारे सल्यानका विभिन्न स्थानीय तहबाट तथ्यांक संकलन गरिएको क्यामरिस अन्तराष्ट्रिय अध्यन टोलिका विपना शर्माले जनाइन् ।

यस क्रममा आइतबार टोलिले कपुरकोट गाउँपालिकामा तथ्यांकहरु संकलन गरेको छ । गाउँपालिका अध्यक्ष भिम बहादुर सेन संग अन्तराष्ट्रिय शिक्षा कार्यक्रमकी कलेट च्याबटले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको बारे जानकारि गराउँदै आवश्यक तथ्यांकहरु लिएकि थिइन् । नेपाल सरकार र युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन हुन लागेको यो कार्यक्रमको प्रभावकारि कार्यान्वयनका लागी आफुले उपयुक्त वातावरण सृजना गर्ने प्रतिवद्धता गाउँपालिका अध्यक्ष सेनले जनाएका छन् ।

यसैविच गाउँपालिका अध्यक्ष सेन र अन्तराष्ट्रिय अध्यन टोलिले कपुरकोट ४ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौरको अवलोकन पनि गरेको छ । तल्लो कक्षाका विद्यार्थीको बसाइ ब्यवस्थापन, शिक्षण विधि कस्तो छ भन्ने बारेमा अध्यन गरेको थियो । सल्यान लगाएत विभिन्न जिल्लामा सञ्चालन हुन लागेको यो कार्यक्रममा मूलतः प्रारम्भिक कक्षाको पढाइमा केन्द्रित सिकाइ उपलब्धिको सुधारमा जोड दिइने बताइएको छ ।

यसका लागि प्रारम्भिक बाल शिक्षा तथा विकास कार्यक्रमको सुदृढीकरण, शैक्षणिक ढाँचा, पाठ्य सामग्री विकास, उत्पादन र वितरण, शिक्षकको पेसागत विकास र शैक्षणिक सहयोग, निरन्तर मूल्याङ्कन र उपचारात्मक सहयोग तथा अनुसन्धान, अनुगमन र मूल्याङ्कन लगायतका कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिने अध्यन टोलिले जनाएको छ ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *