२०८१ असार ३० गते शनिवार

बिजौरीमा जुकालाई टोकायर बिरामीको उपचार

तुलसीपुर, भदौ ६ । तपाँईले कहिले जुका देख्नु भएको छ ? तपाँईलाई जुकाले टोकेको छ ? त्यतिखेर तपाँईलाई कत्तिको डर लागेको थियो ? त्यसको अनुभव र अनुभूति तपाँईको मानस पटलमा अझैं ताजै हुन सक्छ ।


जुका पानीमा बस्ने एक परिजीबी हो । पोखरी वा तलाउमा भैंसी आहाल बस्दा यसले उनीहरुको रगत चुस्ने गर्छ । मानिस खोला वा तलाउमा पस्दापनि हात गोडामा चप्किएर खुन चुस्ने गर्छ । पहाडमा वा ओसिलो जमिनमा जुका जता ततै पाइन सक्छ । काले मौका मिल्यो कि टोकी हाल्छ ।

खोलामा वा नदीमा रहँदा यस्ले लेउपनि खाएर बाँच्ने गर्छ । त्यही डरलाग्दो जुकालाई टोकाएर बिरामीको उपचार गराउँदा कस्तो हुन्छ होला ? दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित प्रादेशिक आर्येबेद चिकित्सालय बिजौरीमा पछिल्लो समय त्यसै गरि बिरामीको उपचार भइरहेको छ ।


बाँके खजुराकी ६४ बर्षीया डोल्मा सुनार र दाङ तुलसीपुर – ६ डुर्मीगाउँका खुट्टामा एलर्जी भइरहने ५१ बर्षीय इश्वरीप्रशाद चालिसे डरलाग्दा देखिने जुकाले टोकाएर उपचार गराइ रहेका थिए ।

बाँकेकी सुनारले यसरी जुकालाई टोकाएर उपचार गराउन थालेको करिब दुई हप्ता बढी भइसकेको रहेछ । उनको हात खुट्टा र शरिर चिलाउने समस्या बिगत बाह्र बर्ष पुरानो हो । जता ततै उपचार गराउँदा पनि बिशेक नभएपछि उनी उपचारका लागि दाङ आएकी रहिछन् । उनी अस्पतालमै भर्ना भएकी छन । उपचार गराउँदा केही राहात महसुश भएको उनले बताइन ।

तुलसीपुरका चालिसेले पहिलो दिन थियो । उनीहरु दुबै जनाको दुबै खुट्टामा जुका लगाइएका थिए । त्यो पनि जहाँ घाउ छ त्यही । ती जुकाले उनीहरुको शरिरबाट रगत चुसिरहेका थिए । त्यो पनि प्रत्यक्ष चिकित्सकको निगरानीमा । दृष्य देख्दै ज्यान सिरिङ्ग हुने खाले थियो । रगत चुसेर जुका ढाढिएका थिए ।

जुकालाई सक्रिय बनाउन चिसो प्याडले छोपिएको थियो । समय समयमा उनीहरुलाई चिसो बनाउन चिकित्सले पानीको थोपाहरु चुहाइ दिन्थे । त्यतिखेरै झनै सक्रिय भएर जुकाले रगत चुस्ने गरेको स्पष्ट नियाल्न सकिन्थ्यो ।

चालिसेका अनुसार बिगत तीन चार बर्ष यता उनी गर्मी सिजनमा हुने एलर्जीबाट पीडित छन् । घुँडोदेखि कुरकुच्चासम्म उनको खुट्टा चिलाइ रहने समस्या छ । जुका लगाउँदा कमिलाले टोकेको जस्तै अनुभूति आँफुले गरेको चालिसेले बताए । तर, सुनारले भने जुकालाई टोकाउँदा कहिले काँही खेप्नै नसक्ने गरि दुख्ने गरेको प्रतिक्रिया दिइन । सुनार पहिलो दिन जुका देख्दे तर्सिएकी थिइन ।

चालिसेले भने आँफु मानसिक रुपमै तयार भइ आएको हुँदा जुका खुट्टामा लगाउँदा कुनै डर त्रास नलागेको प्रतिक्रिया दिए ।सुनारको अवस्था अझैं जटिल रहेका कारण चिकित्सकले जहिले सम्म बस्न भन्छन् त्यहीले सम्म बसेर उपचार गर्ने सोचमा रहेको बताइन ।


चालिसेले पनि खुट्टाको उपचारका लागि धेरै ठाउँ पुगेका रहेछन् । चिकित्सकले एलर्जी भएका कारण खुट्टामा लगाउन भनेर मलहम दिने गरेको र त्यो लगाउँदापनि बिशेक नभएको उनले बताए । प्रादेशिक आर्येबेद चिकित्सालय बिजौरीमा यसरी बिरामीको उपचार हुन थालेको करिब डेढ महिना पुग्न थाल्यो ।


हालसम्म झन्डै ५० जना यो उपचार लिइ सकेको चिकित्सालयका कन्सल्टेन्ट आर्युेबेद सल्यचिकित्सक मदन भण्डारीले बताए ।लामो समयसम्म निको नभएका छाला सम्बन्धि घाउ, चिलाउने रोग, डण्डिफोर, सोरियाशिस, रक्तनली अवरोध हुने समस्या लगायतका रोगहरुमा जुका (जलौका) विधिबाट उपचार सम्भव हुने उनले जानकारी दिए ।

यसरी शरीरमा जुका लगाएर उपचार गर्दा शरीमा कुनैपनि खराबी वा हानी हुँदैन भन्ने दाबी उनले ब्यक्त गरे । ‘हिरुडो मेडिसाइनल्स’ प्रजातिको यी जुकाहरु मध्य केही छिमेकी देश भारत र केही नेपालको काठमाडौं बाट खरिद गरि ल्याइएको भण्डारीले जाकारी दिए । हाल चिकित्सालयमा ५० जति जुका राखिएका छन् ।

खरिद गर्दा एउटा जुकालाई तीन सय रुपैंया पर्ने उनले बताए । तर, बिरामीले उपचार गराउँदा जति जुका लगाए पनि एक दिनमा एक सय रुपैंया मात्रै खर्च लाग्ने भण्डारीले जानकारी दिए । चिकित्सालयले बिभिन्न ठाउँबाट ल्याएका जुकाहरु प्लाष्टिकको डिब्बामा राखेर लेउ खुवाएर पाल्ने गरेको छ ।

एक जना बिरामीको उपचारका लागि कम्तिमा ३ देखि ५ वटासम्म जुकाले टोकाउन सकिने उनले जानकारी दिए । बिरामीको अवस्था हेरी हरेक ५ दिनमा यो प्रक्रिया दोहो¥याउन सकिन्छ । तर, एउटा बिरामीलाई लगाएको जुका फेरि अर्कौ बिरामीलाई लगाउन मिल्दैन ।


त्यसो गर्दा जुकाको माध्यमबाट अरुलाई रोग सार्ने जोखिम हुने गर्छ । बिजौरीस्थित चिकित्सालयमा जलौका अर्थात लिच थेरापीबाट उपचार सेवा सुरु भएपनि त्यसखाले बिरामी खोज्दै उपचारका लागि आउन थालेका छन् ।

अस्पतालका निमित्त प्रमुख ठाकुरकाअनुसार जलौका पद्धतिको उपचार परापूर्वकालदेखि भए पनि नेपालमा भने कम मात्रामा हुने गरेको बताए । नरदेवी आयुर्वेद चिकित्सालय, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिमकेन्द्र काठमाडौँपछि प्रादेशिक आयूर्वेद चिकित्सालय बिजौरीमा यो सेवा शुरु भएको उनले जानकारी दिए ।

श्रीलंका, भारत लगायत विभिन्न देशमा यस्तो उपचार प्रभावकारी रूपमा भइरहेको उनले जानकारी दिए । पछिल्लो समयमा प्रादेशिक आयुर्वेद अस्पतालले आधुनिक प्रविधिबाट पनि बिरामीको उपचार सुरु गरेको छ ।

आधुनिक उपकरणहरु सहितको प्रयोगशाला तथा रेडियोलोजी सेवा समेत अस्पतालले दिदै आएको छ । सुगरका विरामीलाई नियमित रक्त जाँच तथा मुटुको इसिजी सेवा प्रदान गरिन्छ । त्यस्तै यहाँ पञ्चकर्म सेवा फुलफेजमा सञ्चालन गरिएको छ ।

विशेषज्ञ सहित फिजियो थेरामी सेवा सञ्चालन भएपछि ढाड कम्मरका दीर्घरोगीहरु उपचारका लागि आउने गरेका छन् । यहाँ पाइल्स फिल्टुका बिरामीहरुको पनि छारसुत्र बिधिबाट उपचार हुँदै आएको छ । अस्पताल परिसरभित्र खुल्ला नागरिक व्यायमशालामा पनि राखिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *