दाङ,असार २६ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वको लागि भएको मतगणना जारी छ ।
देवीबहादुर डिसी (देवी वकिल) ले नेतृत्व गरेको गठबन्धनको प्यानलले अग्रता कायम गरेको छ ।
पदाधिकारीको २ हजार८ सय ७० मत गणना भइसकेको छ ।
अध्यक्षमा गठबन्धन प्यानलका देवीबहादुर डिसीले १८५२ मत प्राप्त गरेका छन् भने संयुक्त प्यानलका नारायण भुसालले ८९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा गठबन्धन प्यानलका भरतमणि पाण्डेयले १५२४ मत प्राप्त गरेका छन् भने संयुक्त प्यानलका नरबहादुर बुढाथोकीले १०५३मत प्राप्त गरेका छन् ।
महिला उपाध्यक्षमा गठबन्धन प्यानलका हेमन्ती पुन मगरले १३७७ मत ल्याएकी छिन् भने संयुक्त प्यानलका लक्ष्मीसिंह ठकुरीले ११२७ मत प्राप्त गरेकी छिन् ।
सचिवमा गठबन्धन प्यानलका धर्मेन्द्र श्रेष्ठले १४९० मत ल्याएका छन् भने संयुक्त प्यानलका दिपक श्रेष्ठले १०४७ मत ल्याएका छन् ।
कोषाध्यक्षमा गठबन्धन प्यानलका ध्रुव केसीले १७७० मत प्राप्त गरेका छन् भने संयुक्त प्यानलका सानुमाया अधिकारीले ७२३ मत ल्याएका छन् ।

