२०८१ मङ्सिर २७ गते बिहिवार

संघ र प्रदेशको चुनाव कात्तिक अन्तिममा गर्ने तयारी

काठमाडौं,जेठ १८ । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

२०७४ को सालमा मंसिर १० गते र २१ गते गरी दुई चरणमा निर्वाचन भएको थियो । यद्यपि निर्वाचित सांसदहरुले फागुन २० गते मात्र शपथ ग्रहण गरेकाले त्यही दिनदेखि पाँच वर्षको कार्यकाल गणना हुन्छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *