२०८१ माघ २६ गते शनिवार

कर्मचारीले टेरेनन् अदालतको आदेश


दाङ, २३ माघ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको आन्दोलन रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेपनि कर्मचारीहरुले आन्दोलन रोकेका छैनन् । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले निवेदनको अन्तिम टुंगो नलाग्दासम्म अस्पतालले प्रदान गर्दै आएको सेवामा बाधा अवरोध पुग्ने प्रकृतिका आन्दोलन तथा हड्ताल नगर्न नगराउन आदेश दिएको थियो ।

तर पेशाबाट हटाउन नहुने र लामो समयदेखिको तलबको माग गर्दै तीन हप्तादेखी आन्दोलनमा रहेका कर्मचारीहरुले भने मंगलबार पनि काम नगरी धर्नामा बसे । साविक उपक्षेत्रीय अस्पताल विकास समितिबाट भर्ना भएका कर्मचारीहरुलाई स्वतः प्रतिष्ठानमा लैजानु पर्ने अवस्थामा विभिन्न बहाना देखाई जागीरबाट निकाल्न सुरु भएको भन्दै कर्मचारीहरु काम रोकेर आन्दोलनमा उत्रिएका हुन् ।

त्यसैगरी नेपाल सरकारको करारबाट नियुक्त भएका कर्मचारीहरुले पनि म्याद थप हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । विभिन्न फाँट तथा क्षेत्रमा काम गर्ने ८० बढी कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित भएको छ ।

स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रमा गरिएको आन्दोलन र हड्तालले अस्पतालको सेवा अवरुद्ध हुन गई आम नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भएको अदालतको ठहर छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ ले प्रदान गरेको अधिकार प्रयोग गरी नेपाल सरकारले २०७५ कात्तिक १२ को राजपत्रमा सूचना प्रकाशित गरेर अस्पताल तथा स्वास्थ्य संस्थामा हड्ताल गर्न निषेध गरेको अदालतको आदेशमा भनिएको छ ।


अदालतको आदेश आफूहरुले नपाएको र प्रतिष्ठानले भने अदालतको आशय पत्र भनी काममा फर्कन आग्रहसहितको पत्र कर्मचारीहरुलाई बुझाएको छ । आन्दोलित कर्मचारी संघर्ष समितिका संयोजक हिमराज गौतमले अदालतले आन्दोलन नगराउन÷नगर्न भनेकाले वार्ताको वातावरण प्रतिष्ठानले बनाउनुपर्ने अडान राखेका छन् ।

स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रमा गरिएको आन्दोलन र हड्तालले अस्पतालको सेवा अवरुद्ध हुन गई आम नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भएको अदालतको ठहर छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ ले प्रदान गरेको अधिकार प्रयोग गरी नेपाल सरकारले २०७५ कात्तिक १२ को राजपत्रमा सूचना प्रकाशित गरेर अस्पताल तथा स्वास्थ्य संस्थामा हड्ताल गर्न निषेध गरेको अदालतको आदेशमा भनिएको छ ।

 

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *