२०८१ मङ्सिर १७ गते सोमवार

बबईमा ११ हजार मत गन्दा काँग्रेसका अध्यक्षमा कुलबहादुर खत्री ५ सय र उपाध्यक्षमा बमकुमार खड्का ३ सय मतले अगाडि

तुलसीपुर, जेठ २ । बबई गाउँपालिकामा करिब ११ हजार मत गणना भइ सकेको छ । यहाँ १५ हजार ४०० जति मतदान भएको थियो । अब करिब ४ हजार मत गणना हुन बाँकी छ ।

अब वडा नं. ६ र ७ मात्रै गणना हुन बाँकी छ । अब गणना हुन बाँकी रहेको ठाउँ पञ्चकुले क्षेत्र हो । यहाँ नेपाली काँग्रेसकै बढी प्रभाव रहेको जानकारहरु बताउँछन् ।

बबई गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार सोमबार दिउँसो साढे ३ बजेसम्म यो खबर तयार पार्दासम्म निकटतम प्रतिद्धन्दी भन्दा करिब ५ सय मतले अगाडि थिए ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकै बमकुमारी खड्का प्रतिष्पर्धी भन्दा करिब ३ सय मतान्तरले अगाडि छिन् । बबईमा एमालेले यसअघिकै अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष साबित्रा बिश्वकर्मालाई फेरि उम्मेदवार बनाएको छ ।

पौडेल पश्चिम दाङमा एमालेको सबै भन्दा प्रभावशाली मानिने नेता हुन । बबईमा नेकपा माओबादी केन्द्रका उम्मेदवार प्रतिपष्र्धी भन्दा निकै पछाडि छन् ।

यहाँ माओबादीले अध्यक्षमा भिमबहादुर वली र उपाध्यक्षमा अञ्जु घर्तीलाई उम्मेदवार बनाएको छ । बबईमा अहिले सम्म एमालेले १,३ र ४ नम्बर वडा र नेपाली काँग्रेसले २ र ५ नम्बर वडाध्यक्ष जितेका छन् ।

बबईमा सुरुदेखि नै काँग्रेसका उम्मेदवारले अग्रता लिदै आएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *