२०८१ मङ्सिर २७ गते बिहिवार

दीपक गिरीको वडामा एमालेका चौधरी निर्वाचत

दाङ,जेठ २ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीको वडामा एमालेका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन्।

दंगीशरण गाउँपालिका वडा नम्बर ४ गिरीको गृह वडा हो। स्थानीय तहको निर्वाचनमा उनले त्यही वडामा मतदान गरेका थिए। गिरीकै वडामा एमालेका उम्मेदवार कमल चौधरी वडाध्यक्षमा निर्वाचित भएका हुन्।

चौधरीसंगै एमालेबाट उम्मेदवार बनेको थप एक जना वडा सदस्य पनि निर्वाचित भएका छन्। तीन जना वडा सदस्य भने नेपाली कांग्रेसबाट निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

एमाले उम्मेदवार चौधरीले ६५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कल्चु चौधरीले ४६५ मतमात्र प्राप्त गरेका छन्।

माओवादी केन्द्रका उम्मेदवार ठाकुर चौधरीले १३५ मत प्राप्त गरे। दंगीशरण ४ मा जम्मा १६५१ मत खसेको थियो।

उक्त वडा काग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार शम्भु गिरीको वडा हो। पालिका अध्यक्ष गिरीलाई भने एमाले उम्मेदवार भन्दा वडाबाट बढी मत गएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *