२०८१ असार ६ गते बुधवार

दाङमा अहिलेसम्म कस्ले कहाँ जिते ?

तुलसीपुर,बैशाख ३१ । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार दाङका १० पालिका मध्ये ३ पालिकामा वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरु निर्वाचित भएका छन ।

हालसम्मको नतिजाअनुसार दंगीशरण गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन । वडाध्यक्षमा नेपाली काग्रेसका रमेश भण्डारी निर्वाचित भएका छन । उनले ६६४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन ।

त्यस्तै महिला सदस्यमा हुमा गिरीले ६६७,दलित महिला सदस्यमा लक्ष्मी परियारले ६८७,सदस्य मिना चौधरी ६७३ र सदस्य चन्द्रलाल चौधरीले ६७५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन ।

त्यस्तै जिल्लाको राप्ती गाउँपालिकामा वडा न. ९ मा नेकपा माओबादी केन्द्रका अध्यक्ष रिमबहादुर सुनारी मगर सहित प्यानलै निर्वाचित भएका छन । मगरले ३७६ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन ।

त्यस्तै वडाको महिला सदस्यमा अमिना खातुनले ३६९,दलित महिला सदस्य तारा विकले ३६६,सदस्यहरुमा दधी बहादुर बराल मगरले ३४२ र अर्का सदस्य अलि महमद ३४७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन ।


यस्तैगरी गढवा गाउँपालिका वडा नम्वर ८ मा एमालेका उमेदवारहरु निर्वाचित भएका छन् । वडा अध्यक्षमा खालिक सिद्धिकी सहित प्यानलै निर्वाचित भएको प्रदेश निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *