तुलसीपुर, बैशाख २९ । उत्साहित मतदाता मतदानका लागि तीब्र प्रतिक्षामा छन् । त्यही भएर उत्सुकताका साथ बिहीबार दिउँसो झरीका बीचमा पनि छाता ओढेर केही मतदाता तुलसीपुरस्थित अरनीको मतदान केन्द्र अवलोकन गर्न आएका थिए ।
त्यसमध्यकी एक तुलसीपुर ५ बसपार्ककी सारदा परियार । निरन्तरको बर्षा जो भइरहेको छ । बर्षाले मतदातालाई प्रभावित पार्न सक्ने भएपनि कुनैपनि हालतमा मतदानबाट बञ्चित नहुने उनले अठोट ब्यक्त गरिन ।
‘छाता ओढेरै भएपनि म त मतदान गर्न आउने हो,’ उनले भनिन् ‘ पाँच बर्षमा एक पटक आएको अवसर किन छोड्ने ।’ एक मतले पनि गलत मान्छेले निर्वाचन जित्न सक्ने हुँदा आँफुले चाहेको उम्मेदवार बिजयी गराउन जसरी पनि मतदान गर्न आउने उनको कथन थियो ।
दाङमा बिहान ११ बजेदेखि भारी बर्षा भइरहेको छ । जस्ले गर्दा बैशाख ३० गते हुने स्थानीय निकाय निर्वाचन अन्तरगत खुल्ला चौरका मतदान केन्द्रमा समस्या हुने देखिएको छ ।
तुलसीपुरको अरणिको मैदानस्थित मतदान केन्द्र भारी बर्षाका कारण हिलाम्मे जस्तै बनेको छ । सामान्ने त्रिपाल र डोरी लगाइएको भएपनि त्यसले पानी रोक्ने अवस्था छैन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.५ स्थित ‘क’ मतदान केन्द्रकी मतदान अधिकृत राजु आचार्यले निरन्तर बर्षाका कारण चौर हिलाम्मे भएपछि अब के गर्ने भनेर सर्वदलिय बैठक भइरहेको जानकारी दिए । जिल्ला निर्वाचन ब्यबस्थापन समितिले निर्वाचन ब्यबस्थापनको जिम्मा स्थानीय पालिकाहरुलाई दिएको छ ।
तुलसीपुरको अरणिको मैदानमा २०४८ सालदेखि नै निर्वाचन हुँदै आएको छ । तर, यसपाली निरन्तर बर्षा भइरका कारण मतदान प्रभावित हुने अवस्था आएको छ । त्यही भएर मतदान केन्द्र स्थान्तरणको लागि सिफारिस गरिएको तुलसीपुर उपमहानगरपालिकाका मतदान अधिकृत राजेश्वर अर्यालले बताए ।
यसैषियमा प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका प्रमुख नारायणप्रशाद भण्डारीले निरन्तर बर्षा भइरहका कारण तुलसीपुरस्थित अरनिणको मैदानको मतदान केन्द्र नजिकै रहेको तुलसी बोर्डिङ स्कूलमा स्थान्तरणका लागि सिफारिस गरिएको जानकारी दिए ।
उनका अनुसार अरणिको मैदान मात्रै जिल्लामा खुल्ला आँकाश मुनि रहेको एक मात्रै मतदान केन्द्र हो । मुुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा संयोजकत्वमा रहेको जिल्ला निर्वाचन ब्यबस्थापन समितिले निर्वाचन आयोगलाई मतदान केन्द्र स्थान्तरणको लागि सिफारिस गरेको र स्थान्तरणको काम आयोगको निर्णय अनुसार हुने उनले बताए ।
दाङमा मतदान स्थल १५३ र मतदान केन्द्र ४६१ रहेका छन् । जिल्लामा पुरुष मतदाताको संख्या दुई लाख आठ सय एक र महिला मतदाताको संख्या दुई लाख नौं हजार ९९ जना रहेका छन् । कुल मतदाता संख्या चार लाख ९९ हजार दुई जना रहेको छ ।
जिल्लाका दश पालिकामा निर्वाचन गराउन म्यादीसहित झन्डै ३५ सय सुरक्षाकर्मी र २४ जति कर्मचारी खटिएका छन् ।
तस्विर ः फरककोण ।