तुलसीपुर,बैशाख २५ । बिदुर गौतम,अहिलेका होनहार सक्रिय युवा नेताको रुपमा चिनिन्छन । बुबा भिस्मराज गौतम र आमा माया गौतमको कोखबाट २०५१ सालमा उनको जन्म भयो । उनको बाल्यकाल बिजौरी मै बित्यो ।
घरबाटै उनले राजनितिको कखरा सिके । किनकि उनका बुबा भिस्मराज गौतम दाङका नाम चलेका नेपाली कांग्रेसका नेता थिए । समाजमा जुनसुकै समस्या पर्दा कुनै दलका व्यक्तीहरु नभनि तुरुन्तै सेवामा सर्मपित हुन्थे । बुबाकै त्यो सामाजिक प्रेरणाले नै बिदुरले राजनितिमा आकर्षीत बनायो ।
सानै देखि आफ्नो बुबा जस्तै ठुलो नेता बन्ने,समाजसेवा गर्ने भावनाका साथ गौतमले अहिले बुबाका सपनालाई पच्छ्याउदै गएका छन । पढाईसगै उनले २०६९ सालदेखि नेविसघंको विद्यार्थी राजनिति यात्रा सुरु गरे । उनी ०७० सालमा तरुणदल बिजौरी गा.वि.स सदस्य भए ।
उनले ०७३ सालमा नेवीसघंको क्षेत्रीय सदस्य,०७४ सालमा नेविसघं दाङ क्षेत्र नं ४ को क्षेत्रीय कार्यबहाक सभापतिको पद सम्हाले । उनी बिजौरी उद्योग वाणिज्य सघंका महासचिव÷लायन्स क्लव अफ दाङ कालिका मालिकाको सह–सचिव लगाएतका सघं सस्थामा आवद्ध छन ।
उनै गौतम यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका छन । आफु वडाध्यक्ष बन्ने आकांक्षा राखेपनि पार्टीका अग्रज नेतागणहरुको सल्लाह,सुझावलाई आत्मसाथ गर्दै वडासदस्यमा चुनावी मैदानमा उत्रिएका छन ।
उनले आफुलाई समाजमा कर्मठ,जुझारु,इमान्दार र सक्षम युवा नेताको रुपमा परिचालित गरेको बताउँछन । नेपाली कांग्रेस पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकोे खेलकुद विषयगत समितिको बिज्ञ समेत रहेका गौतम पछिल्लो समय युवाहरुको मनमस्तिकमा बस्न सफल भएका छन ।
आफ्नो मीठो बोली वचन र व्यवहारले नै आम जनताहरूमा आफुप्रति अपेक्षा र सकरात्मक रहेको उनी बताउँछन । अझ राजनीतिमा त नेताको ब्यक्ति रहन सहन बोली व्यवहारले पनि धेरै प्रभाब पार्दछ । उनी वडा भित्र परेका समस्याहरुलाई तत्काल समाधान गर्न लागि पर्छन ।
चुनावमा बिजयी भएपछि युवाहरुको भावनाको कदर गर्दै काम गर्ने,वडाको समग्र विकासका लागि दत्तचित्त भएर लाग्ने,समयको कुनैको प्रवाह नगरि जनताको सेवामा खटिने योजना गरेको उनले बताए ।
यसैबिच तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा गठबन्धनको तर्फबाट वडाध्यक्ष पदमा पुर्णबहादुर डाँगी,महिला सदस्यमा चित्रा धिताल,दलित महिला सदस्यमा सुनिता दमाई,सदस्यमा धनबहादुर डाँगीले उम्मेदवारी दिएका छन ।
उनीहरु चुनाव जित्ने लक्ष्य लिएर घरदैलो अभियानमा व्यस्त छन ।