तुलसीपुर,बैशाख २३ । तुलसीपुरमा उम्मेदवारहरुसगं चुनावी एजेण्डा सम्बन्धी बहस कार्यक्रम भएको छ । शुक्रवार नेपाल पत्रकार महासघं दाङको आयोजनामा तुलसीपुरका मेयर÷उपमेयर पदका उम्मेदवारसगं बहस कार्यक्रम भएको हो ।
कार्यक्रममा पाँच दलीय गठबन्धनको तर्फका मेयर पदका उम्मेदवार तथा नेपाली काँग्रेसका केन्द्रीय सस्य गेहेन्द्र गिरीले मानव जिवनको विकासका लागि सडक अति नै महत्वपुर्ण भएकोले सडक नहुदाँसम्म कुनैपनि विकास सम्भव नरहेको बताए ।
अघिल्लो सरकारले सपना देखाउने मात्रै काम गरेको हुँदा अझै पनि तुलसीपुर उपमहानगरपालिकाका १३,४,३,१९ लगाएतका वडाका बस्तिहरुमा सडक नपुग्दा विरामीलाई डोको, खट्टेहरुमा बोकेर अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता रहेको अथार्थता गिरीले प्रस्तुत गरे ।
‘ती विकट ठाउँहरुमा सडक नपुग्दा यातयातका साधनहरु पनि जान सक्दैनन्’ गिरीले भने,‘यातयातका साधनहरु जान नसक्दा त्यहाँका कृषकले उत्पादन गरेका कृषिजन्य बस्तुहरु बजारिकरण हुन सकेका छैनन्् । यसले गर्दा कृषकको श्रमको मुल्य झनै घट्ेको छ ।’
गठबन्धनका उम्मेदवारले जिते तुलसीपुरको बजारदेखि गाउँ गाउँसम्म सडक, स्वास्थ्य, शिक्षा,कृर्षि,शुद्ध खाने पानी,यातयातका साधन पु¥याउने बाचा गरे ।
टरिगाउँ बिमानस्थलको स्त्तोरउन्नती गरि नियमित हवाई उडान सञ्चालन गर्ने आफुहरुको मुख्य एजेण्डा रहेको मेयरका उम्मेदवार गिरीले बताए । ‘०७४ सालकोे निर्वाचनमा तुलसीपुरले १९ वटै वडामा खरका छाना मुक्त गर्ने अभियान ल्यायो तर त्यो अभियान सफल हुन सकेन,,’ गिरीले भने ,‘अझैपनि तुलसीपुरका ३, १८ र १९ वडामा थुप्रै नागरिकले टिनको छाना पाउने आसमा बसेका छन । हामीले जितेमा साँच्चि नै खरको छाना मुक्त उपमहानगरपालिका बनाउने छौँ ।’
त्यस्तै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका मेयरका उम्मेदवार गिरीले नेपाल सरकारले ३५ वटा औषधि निशुल्क वितरण गर्ने नीति ल्याएपनि त्यो कार्यान्वयन हुन नसकिरहेको भन्दै आफुले जितेमा त्यसलाई कार्यान्वयन गरि हरेक नागरिकलाई निशुल्क औषधि उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।
उम्मेदवार गिरीले वर्षौंदेखि अव्यवस्थित रुपमा बसोबास गर्दै आएका नागरिकको लागि लालपूर्जा उपलब्ध गराउन विषेश भूमिका खेल्ने पनि वाचा गरे ।
त्यस्तै कार्यक्रममा नेकपा एमालेका मेयर पद्का उम्मेदवार टीकाराम खड्काले तुलसीपुरलाई ग्रिन, क्लिन सिटी बनाउने योजना रहेको बताए ।
अलपत्र अवस्था रहेको सडकलाई सडकको मापदण्ड अनुसार अगाडि बढाउन पहल गर्ने, टरिगाउँ विमानस्थलको स्तरउन्ति सगै नियमित उडान गरि दाङलाई पर्यटनको केन्द्र बनाउने,स्वास्थ सुधारको लागि स्वास्थ्य केन्द्रहरुमा विषेशज्ञ घुम्ति शिबिर संचालन गर्ने, शिक्षामा सुधार ल्याउने, सामाजिक सुरक्षा भत्तालाई समयमै उपलब्ध गराउन पहल गर्ने, बढ्दो जनसङयालाई मध्यनजर गर्दै खानेपानीलाई व्यवस्थित गर्ने,तुलसीपुरलाई औधोगिक सहर बनाउने मुख्य एजेण्डाहरु रहेको उम्मेदवार खड्काले बताए ।
त्यस्तै कार्यक्रममा जनता समाजवादी पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार टोपबहादुर महतराले तुलसीपुरमा भएको आर्थिक अनियमिततालाई कम गर्ने,भ्रष्टचारलाई अन्त्य गर्न,प्रत्येक वडामा स्वास्थ्य चौकीको भवन निमार्ण, चुहावटका योजनालाई अन्त्य गर्दै सामुदायीक विद्यालयमा निशुल्क शिक्षा, सबै वडामा डिपबोरिङ्को माध्यमबाट खानेपानी पु¥याउने आफ्ना मुख्य एजेण्डाहरु रहेको बताएका थिए ।
त्यस्तै कार्यक्रममा गठबन्धनबाट उपमेयर पद्का उम्मेदवार जोगबहादुर रानाले हरेक नागरिकलाई गांस,बांस,कपासको व्यवस्था गर्ने आफुहरुको मुख्य एजेण्डा रहेको बताए ।
उनले तुलसीपुरमा रहेको सुकुम्बासी समस्या समाधान, जिल्लाकै एक मात्र सम्भावना बोकेको टरिगाउँ एयरपोर्टको स्तरउन्नति, खेलकुद बिकासको लागि १९ वटा वडामा खेल मैदान निमार्ण, महिलाहरुका लागि लक्षित कार्यक्रम, उपमहानगरपालिका भित्रका सडक स्तरउन्नति, लक्षित किसानलाई परिचय पत्र बितरण गर्ने योजनाहर रहेको बताएका थिए ।
त्यस्तै नेकपा एमालेको तर्फबाट उपमेयर पदका उम्मेदवार स्यानी चौधरीले शिक्षालाई गुणस्तरीय र निशुल्क बनाउने आफ्नो पहिलो एजेण्डा रहेको बताएकी थिइन । उनले आफु स्मार्ट र खुसी भए मात्र अरुलाई खुसी बनाउन सकिने भन्दै हरेक छोरीलाई निशुल्क शिक्षा,रोजगारी,स्वास्थ्यको पहुँचमा पु¥याउने, सबै जातजाति, धनी गरिवलाई मिलाएर तुलसीपुरमा म्युजिएम बनाउने योजनाहरु प्रस्तुत गरेकी थिइन ।
नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बिषय बस्तुबारे प्रकाश संघका उपाध्यक्ष सञ्तोष सुवेदीले पारेका थिए भने सहजिकरण सचिब आरके सितलले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा गठबन्धनबाट मेयर पदका साझा उम्मेदवार, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र गनेकपा एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्ले अंकमाल गर्दै फोटो सेशन गरेका थिए ।
उनीहरुले त्यसक्रममा आ–आफ्नो जित निश्चित रहेको भन्दै संझनाका लागि संगै फोटो खिचेको भन्दै हाँसी मजाक गरेका थिए ।
यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।