२०८१ मङ्सिर २७ गते बिहिवार

माधव र प्रचण्ड कम्युनिष्ट आन्दोलनबाट बिचलित पात्र हुन – शंकर पोखरेल

तुलसीपुर, बैशाख १५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कम्युनिष्ट आन्दोलनबाट बिचलित पात्र भएको बताएका छन् ।

प्रेस चौतारी दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेता नेपाल र प्रचण्डलाई कम्युनिष्ट आन्दोलनलाई गलतबाटोमा लिएर गएका केशरबहादुर रायमाझीसंग तुलना गरे ।
पोखरेलले जसरी रायमाझी कम्युनिष्ट आन्दोलनबाट दण्डित भए त्यसरी नै अब नेपाल र प्रचण्ड दण्डित हुन जरुरी रहेको तर्क गरे ।

अहिले नै माधव नेपाल र प्रचण्ड संग पार्टी एकताको संभावना संभव नरहेको भन्दै महासचिव पोखरेलले निर्वाचनबाट जनताले दण्डित गरिसकेपछि भने सोच्न सकिने धारणा राखे ।

त्यस्तै महासचिव पोखरेलले अलोकतान्त्रिक तरिकाबाट जनादेश विपरित अदालतको आदेशबाट बनेको सरकारको कुनै लक्ष्य र उदेश्य नरहेको पोखरेलले आरोप लगाए ।

गठबन्धन एमालेलाई रोक्नका लागि मात्रै गरिएको उनले दाबी गरे ।

चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण किरण गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *