घोराही, बैशाख ७ । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले ७ जना सदस्यलाई कारवाही गरेको छ ।
संगठनको आइतवार बसेको सचिवालय बैठकले संगठनको हित र भावना विपरित काम गरेको उनीहरुलाई कारबाही गरेको जानकारी दिएको छ ।
जस्मा लोकबहादुर बस्नेत, शालिकराम न्यौपाने, सुशीला पौडेल, कृष्णा अधिकारी, तिलक साहु, प्रेमबहादुर वली र चामुकुमार चौधरी रहेका छन् ।
उनीहरुलाई संगठनको साधरण सदस्य समेत नरहने गरी कारवाही गरेको संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेत र सचिव मिनराज शर्मा पण्डितले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार
