कमिरेचाैर,२७ चैत । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले आफुले प्रयाेग गर्दै आएकाे सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन ।
निर्वाचन आयाेगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयाेग गर्दै आईरहेकाे रा १ झ ६१६ नम्वरकाे बलेराे जिप आईतवार कार्यालयमा लगि बुझाएका हुन ।
आचारसंहिता जारी भईसकेको अवस्थामा सरकारी गाडी प्रयाेग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गरेको गाउँपालिकाका सूचना अधिकारी गाेपाल केसीले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार