२०८१ बैशाख २० गते बिहिवार

२४ घण्टामा २४ जनामा काेराेना सङ्क्रमण

काठमाण्डौ,चैत २२ । पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार पाँच सय ८७ जनाको नमुना परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ५१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या आठ सय १२ जनामा झरेको छ । यही अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यस्तै पछिल्लो २४ घण्टामा १७ हजार सात सय ५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *