२०८१ चैत्र ६ गते बुधवार

तुलसीपुर उवासघंको २७ औं साधारण सभा

सरकार र नीजि क्षेत्रबीच सहकार्य आवश्यक ः अध्यक्ष शर्मा

तुलसीपुर,चैत १२ ।तुलसीपुर उद्योग वाणिज्य सघंको २७ औं वार्षिक साधारण सभा शनिवार भएको छ । सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासघं लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले पानसमा दियो बालेर गरेका हुन ।

कार्यक्रममा शर्माले सरकार र नीजि क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । ‘देशको आर्थिक विकासका लागि सरकार र नीजि क्षेत्रबीच समन्वय भएर अगाडि बढ्नु जरुरी छ,’ उनले भने ‘राज्यले सानादेखि ठूला उद्योगी÷व्यवसायीको समस्या बुझ्न जरुरी छ ।’

उनले निजी क्षेत्रको समस्याको समाधान गर्न तर्फ राज्यले ध्यान दिनुपर्ने बताए । सरकारले व्यवसायीका मुद्दा सम्बोधन गर्दै निजी क्षेत्रलाई चलायमान बनाउनतर्फ लाग्नु पर्नेमा जोड दिए ।कार्यक्रमका नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रीय सदस्य किसोर आचार्यले व्यवसाय क्षेत्रमा २०३२ सालदेखि मौलाएको कालोबजारी अहिलेसम्म चलिरहेको भन्दै अब त्यसलाई परिमार्जन गरेर अगाडि बढ्न जरुरी रहेको औंल्याए ।

तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत गोपिकृष्ण कोईरालाले उद्योगी व्यवसायीको हक हित सुरक्षाका लागि सघंले ध्यान दिनुपर्ने बताए । उनले टरिगांउ एयरपोर्टका लागि वाणिज्य सघंले सुरु गरेको खुत्रुके अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै दाङ उद्योग वाणिज्य सघंका संस्थापक अध्यक्ष तोरनध्वज श्रेष्ठ,तुलसीपुर उवासघंका सस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले सघंले स्थापना कालदेखि हालसम्म आउँदा पश्चिम क्षेत्रको विकास र आम व्यवसायीको हकहितका लागि महत्वपुर्ण योगदान पु¥याएको चर्चा गरे ।

त्यस्तै दाङ उवासघंका अध्यक्ष टंकसिङ बुढाथोकी,तुलसीपुर उवासघंका पुर्वअध्यक्ष बिरु रावत,नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्य,एमाले दाङका सदस्य मानबहादुर रावत, देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष इश्वरीप्रसाद गैरे, एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली,ऐन प्यावसन दाङका अध्यक्ष बिमल गौतम,पत्रकार खेमराज रिजाल,महिला उद्यमी सघंका पुर्व अध्यक्ष पवित्रा धिताल लगाएतले जनप्रतिनिधि नभएको अवस्थामा पनि जनप्रतिनिधिको भूमिका निर्वाह गरेको भन्दै सघंको प्रशंसा गरे ।

कार्यक्रममा गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल,तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष बिरेन्द्र शाह ,सदस्य सावित्रा गुरुङलाई सम्मान गरिएको थियो ।

त्यस्तै सघंमा स्थापना गरिएका विभिन्न अक्ष्यकोषबाट राप्ती बबई क्याम्पसमा अध्ययनरत विद्यार्थी लगाएत अन्य विभिन्न सघंसंस्थामा आवद्ध व्यक्तिलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा सघंका कोषाध्यक्ष देवबहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रमको सहजीकरण सघंका महासचिव बिनिल केसीले गरेका हुन ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *