२०८३ असोज २८ गते बुधवार

पाल्पामा आगलागीमा परेर एक पुरुषको मृत्यु


पाल्पा,चैत २ । पाल्पामा आगलागीमा परेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुर खोलामा आगलागीमा परेर ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुमाल सुत्ने घरको कोठामा आगलागी भएपछि उनको जलेर मृत्यु भएको हो ।

टिनको छाना भएको आफ्नै ३ तले घरको दोस्रो तलामा सुतिरहेका उनी आगलागीमा परेका हुन् ।

उनका श्रीमती, छोरा र छोरीहरू अर्को गोठसहितको (नाले) घरमा सुतेका थिए । मृतकका २ छोराहरु बुटवल बस्दै आएका छन् ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभौयाले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *