२०८२ जेष्ठ ४ गते शुक्रवार

भण्डारी स्पोर्टस एकेडेमी बागचौरको अध्यक्षमा मल्ल चयन

सल्यान, फागुन २९ । सल्यानमा खेल क्षेत्रको विकास गर्न भन्दै मदन भण्डारी स्पोर्टस एकेडेमीले क्रियाकलापहरु अगाडि बढाएको छ ।
सल्यानका दशवटै स्थानीय तहमा कमिटी गठनको कार्य चलिरहेको छ ।

आइतबार जिल्लाको बागचौर नगरपालिकामा प्रेमप्रकाश मल्ल अध्यक्ष रहेको ३८ सदस्यीय मदन भण्डारी स्पोर्टस एकेडेमी गठन गरिएको छ । जसको उपाध्यक्षमा तुल्सीराम डाँगी, सचिवमा धनिराम घर्ती, सहसचिवमा बिक्रम कराला डायमण्ड र कोषाअध्यक्षमा जानकी केसी रहेका छन् ।

भलिवल, कराते, फुटवल, एथलेटिक्स लगाएतका खेल क्षेत्रबाट प्रतिनिधीत्व हुने गरी सदस्यहरु चयन गरिएको छ ।
यस अघि नै कुमाख गाउँपालिका, शारदा नगरपालिकामा एकेडेमी गठन भइसकेको छ ।


मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय सदस्य चित्र रानाको सक्रियतामा भेला लगाएतका क्रियाकलापहरु सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *