दाङ,फागुन २६ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को उद्घघाटन गरिएको छ ।
प्रदर्शनीको उद्घघाटन लुम्विनी प्रदेश प्रमुख अमिक सेरचनले गरेका हुन । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुने छ ।
प्रदर्शनीमा करिव ५ लाखले अवलोकन गर्ने र २० करोडको कारोवार हुने अपेक्षा मुल आयोजक समितीले अपेक्षा लिएको छ ।
प्रदर्शनीको उद्घघाटन गदै प्रदेश प्रमुख सेरचनले मेला प्रदर्शनीले उत्पादनलाइ बजारीकरणमा सहयोग पु¥याउने बताए ।
‘एकले उत्पादन गरेका वस्तुका बारेमा अरुलाई अरुले सिक्न मदत पुग्ने छ ’ उनले भने । त्यसैले प्रदर्शनीलाइ सानो रुपमा लिन नहुने प्रमुख सेरचनले बताए ।
सिक्ने र सिकाउने काम महत्वपुर्ण कुरा रहेको उनकोे भनाइ रहेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले उत्पादित उद्योगलाई प्राथमिक्ता दिनु पर्ने बताए ।
देशमा लुम्विनी प्रदेश स्वास्थ्य जन सङख्या तथा परिवार कल्याण मन्त्रालयका मन्त्री इन्द्रजीत थारुले नकारात्मक कुरालाई रोकेर सकारात्कम कुरा लाइ अगाडि वढनु पर्ने बताए ।
प्रतिनिधि सभा सदस्य रेखा शर्माले राजनितीकदलहरु विकासमा प्रतिस्पर्धा गर्ने नहुने बताइन् ।
प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले प्रदर्शनीले यस क्षेत्रको विकासका सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा संविधान सभा सदस्य राजु खनाल, प्रदेश सभा सदस्य दामा शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र सघाइ, नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, आन्तरीक राजस्व कार्यालय तुलसीपुरका प्रमुख गोपीकृष्ण कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, दाङ चेम्वर अफ कर्मशका अध्यक्ष वलदेव योगी, घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणि अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु जमसेर अली, अजय सुमागी, नेकपा एमालेका जिल्ला सचिव मनोहर वुढाथोकी, नेपाली काग्रेसका जिल्ला उप सभापती कमानसिंह भारती, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज जिवन गौतम, नेकपाका बिक्रम कटवाल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय प्रजातान्त्रीक पार्टीका सचिव त्रिभुवन थापा, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे लगाएतकाले भनाइ राखेका थिए ।
कार्यक्रम संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सहभागिहरुलाइ धन्यावाद ज्ञापन संघका उद्योग उपाध्यक्ष अनिल आचार्यले गरेका थिए ।
कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकी र सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए ।
कार्यक्रम पुर्व संघका कार्यालय बाट पञ्चेवाजा, विभिन्न जातीय, झाँकी सहित शोभा यात्रा निकालीको थियो ।
वजारका विभिन्न भागको परिक्रममा गरि प्रदर्शन स्थल पुगेको थियो ।
प्रदर्शनीमा आज शुक्रवार गायक प्रकास सपुत, हेमन्त शर्मा, पुर्णकला वि सी, शान्ति चन्द, पिताम्वर रिजाल, मिरा गिरी डान्सर टिका जैसीको प्रस्तुती रहने भएको छ ।