
घोराही, फागुन ११ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नब नियुक्त उपकुलपति डा. विकास लामिछानेले बुधबार पदभार ग्रहण गरेका छन् ।
मंगलबार उपकुलपतिमा नियुक्त भएका लामिछाने बुधबार बिहानै प्रतिष्ठान पुगेर पदभार ग्रहण गरेका हुन ।
त्यसक्रममा उपकुलपति लामिछानेलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा, डिन सागर पन्थी, अस्पतालका उपनिर्देशक डा. एन्जिलीका कार्कीसहित अस्पतालका चिकित्सक र कर्मचारिले स्वागत गरेका थिए ।
सो अवसरमा बोल्दै नव नियुक्त उपकुलपति लामिछानेले आउने चार बर्ष भित्र दाङमा एमबिबीएसको पढाई सुरु गर्ने गरि काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
उपकुलपति लामिछाने घोराही उपमहानगरपालिका १० का स्थायी बासिन्दा हुन ।
प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
