२०८१ चैत्र ३ गते आइतवार

बर्दियामा बाघको आक्रणबाट एक महिलाको मृत्यु

दाङ, फागुन ११ । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई घर नजिकैको वनमा गएको समयमा झम्टिएर गम्भीर घाइते तुल्याएको थियो ।

घाइते चौधरीको उपचारका क्रममा भुरीगाउँमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा राखिएको छ ।

सैनावार गाउँ र निकुञ्ज सीमा क्षेत्र हो । स्थानीयका अनुसार उनी सौच गर्न जंगलतर्फ गएको समयमा बाघले झम्टिएको थियो । झम्टिएको देखेपछि स्थानीयले होहल्ला गरेपछि बाघ छोडेर भागेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *