२०८१ साउन ९ गते बुधवार

अनलाइनमार्फत जुवा खेलाइरहेको आरोपमा ३७ जना पक्राउ

काठमाण्डौ,फागुन १० । अनलाइनमार्फत जुवा खेलाइरहेको आरोपमा काठमाण्डौको मध्यबानेश्वरबाट ३७ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामा केही चिनियाँ नागरिक पनि रहेका प्रहरीले जनाएको छ । प्रहरी परिसर काठमाण्डौको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान सुरु भएको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *