२०८३ असोज २८ गते बुधवार

गुल्मीमा रोकी राखेको एम्बुलेन्समा आगजनी

गुल्मी,फागुन ४ । गुल्मीको मुसिकोट नगरपालिकामा रोकी राखेको एम्बुलेन्समा अचानक आगजनी भएको छ ।

मुसिकोट नगरपालिका ४ अन्तर्गत डाँडाथोकमा चालकले आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा गएराति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।

आगलागी भएको थाहा पाएपछि स्थानीयहरुले तत्कालै आगो निभाएका थिए । आगलागीबाट एम्बुलेन्सको इञ्जिनमा पूर्ण रुपमा क्षति भएको छ ।

उक्त एम्बुलेन्स मुसिकोट नगरपालिका अन्र्तगत ३ र ४ नम्बर वडामा रहेका भारतीय भूतपूर्व सैनिकहरुको सहयोगमा खरिद गरेर वडा गाउँ स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका थिए ।

घटनाको जानकारी पाएपछि अहिले प्रहरी टोली घटना स्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनले प्रहरी घटना स्थलमा पुगेपछि घटनाको बारेमा थप अनुसन्धान गरिने बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *