२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुर जेसिज बर्ष २०२२ को प्रथम साधारणसभा सम्पन्न


तुलसीपुर,माघ २२ । तुलसीपुर नगर जेसिज बर्ष २०२२ को प्रथम साधारणसभा सम्पन्न भएको छ ।

शनिबार तुलसीपुरमा भएको साधारणसभा कार्यक्रममा विभिन्न निर्णयहरु अनुमोदित गरिएको छ ।

त्यस अबसरमा बर्ष २०२२ का उपाध्यक्ष र कार्यकारिणी उपाध्यक्षलाई कार्यबिभाजन, कार्ययोजना, खाता सन्चालन समन्धमा , बिधान संसोधन समिती गठन सम्बन्धमा, जेसिज मार्टको अबधारणा लगाएतका समन्धमा निर्णयहरु गरिएको छ ।

तुलसीपुर नगर जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि केशबराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब अध्यक्षहरु जेसि झरेन्द्र खरेल,जेसि सुर्य प्रसाद शर्मा,जेसि बिमल पौडेल,जेसि दिपेश भण्डारी,जेसि मेघराज घिमिरे,जेसि मोहन सुनार लगाएतले सुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा आस्था पाठ जेसि कान्तुराम खनालले बाचन गरेका थिए भने सहजीकरण बर्ष २०२२ का महासचिव जेसि पुर्ण बहादुर डागीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *