२०८३ जेष्ठ ३० गते शनिवार

पौडेल मृत्यु प्रकरण ः होटेल सञ्चालकसहित ११ जना बिरुद्ध पाँच दिन म्याद थप

तुलसीपुर, मंसिर १८ । घोराहीमा साथीको जन्मदिन मनाउन गएका एक युवकको मृत्युबारे जिल्ला अदालतले ११ जना बिरुद्ध पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ ।


गत बुधबार साथी नबीन गिरीको जन्म दिन मनाउन होटेलमा गएका घोराहीका १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु भएको थियो ।
त्यसपछि प्रहरीले होटेल सञ्चालकसहित मृतक पौडेलका ११ जना साथीहरुलाई शुक्रबार नियन्त्रणमा लिएको थियो ।


दाङ जिल्ला अदालतले शुक्रबार होटेल सञ्चालकसहित पौडेलका थप १० जना साथीहरुलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको हो । उक्त दिन मृतक पौडेल घोराही १५ स्थित फ्रेन्ड एण्ड फेमिली होटलमा साथी नबीनको जन्मदिन मनाउन गएका थिए ।


जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले प्रहरी निमन्त्रणामा रहेकाहरुले पौडेल होटेलको दोस्रो तलबाट खसेपछि बेहोस भएको भनेर बयान गरेको जानकारी दिए ।


‘मदिरा सेवन पछि पौडेल सन्तुलन गुमाएर छतबाट भुइमा खसेर बेहोस भएको र त्यसपछि साथैहरु मिलेर राति नै बाथरुममा लगेर नुहाई दिएर सुताएको बयान गरेका छन्,’ एसपी काफ्लले भने ‘ त्यतिखेर पौडेलले वान्ता समेत गरेको भएपनि उनीहरुले बयान गरेका छन् ।

हामी थप अनुसन्धान गर्दै छौं।’ घटना पछि घर परिवार तथा प्रहरीलाई कुनै खबर नगर्नु जस्ता कमजोरीहरु देखिएको एसपी काफ्लेले बताए ।


‘समयमै अस्पताल पु¥याएको भए घाइते बाँच्न सक्थे,’ एसपी काफ्लेले भने ‘ घटना लुकाउनु खोज्नुले आशंका गर्ने ठाउँहरु दिएको छ ।’

पौडेलको होस बिहीबार बिहानसम्म पनि नखुलेपछि मात्रै उनलाई उपचारका लागि बुटवल पु¥याइएको थियो । दिउँसो २ बजे बुटवल तर्फ लगिएका पौडेललाई चिकित्सकले बेलुकी ८ बजे मृत घोषणा गरेका थिए ।


पोस्ट मार्टम रिपोर्ट आइ नसकेको र प्रहरी नियन्त्रणमा रहेकाहरु माथि थप अनुसन्धान जारी रहेको हुँदा तथ्य कुरा अनुसन्धान पुरा भएपछि मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

यो पनि…

घोराहीमा साथीको जन्मदिन मनाउन गएका युवकको मृत्यु, साथीहरु पक्राउ

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *