तुलसीपुर, भदौ २३ । भदौ २१ र २२ गते दाङमा भएको नेपाली काँग्रेसको १४औं महाधिबेशनले तुलसीपुर क्षेत्रका केही चर्चित उद्योगपतिहरु राजनीतिमा सक्रियता पूर्वक उत्रिएका छन् ।
तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, क्लिन तुलसीपुर ग्रिन तुलसीपुरका अभियान्ता बिमल रिजाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । भदौ २२ गते भएको मतदानबाट लोकप्रिय मत प्राप्त गर्दै रिजाल क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन ।
रिजालपछि उद्योग बाणिज्य संघका अध्यक्ष भएका बीरबहादुर रावत ९बिरु० पनि तुलसीपुर ५ बाटै क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यी दूई पूर्व अध्यक्ष नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्यानलबाट निर्वाचनमा होमिएका थिए ।
त्यस्तै प्रजातान्त्रिक उद्योगी ब्यबसायी संघ तुलसीपुरका अध्यक्ष जनकप्रशाद खरालपनि तुलसीपुर ५ बाटै क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । खराल काँग्रेस नेता तथा पूर्व माननिय गेहेन्द्र गिरीको प्यानलबाट मैदानमा उत्रिएका थिए ।
तुलसीपुरमा भदौ २२ गते भएको काँग्रेसको अधिबेशन यी दूई प्यानल र दूई ब्यापारीक गुटका कारणले गर्दा सबैका लागि निकै चासोको बिषय बनेको थियो ।
यातायात ब्यबसायी सुरेश हमाल तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ बाट सर्वसहमतिमा क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । उनको बिभिन्न क्षेत्रको ब्यापार ब्यबसायमा लगानी छ ।
जिल्लाकै सबैभन्दा बढी क्रियासिल सदस्य रहेको र सबैभन्दा बढी गुटगट रुपमा प्रचार प्रशार भएको भनिएको तुलसीपुर ११ बाट तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक तथा उद्योगपति डिल्लीबहादुर बस्नेत १ मत अन्तरले क्षेत्रीय प्रतिनिधिमा आउन सकेनन् ।
उद्योगपति बस्नेतले नेता गेहेन्द्र गिरीको पक्षबाट टिमको नेतृत्व गरेर चुनाबी मैदानमा होमिएका थिए ।