२०८२ कार्तिक २१ गते शुक्रवार

दाङका को÷को पत्रकार काँग्रेसको १४ औं महाधिबेशनबाट निर्वाचित भए ?

तुलसीपुर, भदौ २३ । भदौ २१ र २२ गते सम्पन्न नेपाली काँग्रेसको १४औं महाधिबेशनबाट दाङका केही पत्रकारहरु क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं। १० बाट नेपाल पत्रकार महासंघका दाङ शाखा सचिव आरके सितल भदौ २१ गते नेतृत्व चुन्न भएको मतदानबाट निर्वाचित भएका छन् ।

महासंघका दाङ शाखा कोषाध्यक्ष शरद रेग्मी तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बाट भदौ २१ गते भएको मतदानबाट निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतम घोराही १२ बाट क्षेत्रीय प्रतिनिधिमा मतदान मार्फत निर्बाचित भएका छन् ।

मतदान बाटै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा सदस्य सुरेशकुमार श्रेष्ठ भदौ २२ गते क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

पत्रकार महासंघ दाङका साधारण सदस्य भरतराज शर्मा तुलसीपुर ३ बाट मतदान मार्फत, पत्रकार प्रेम तिवारी तुलसीपुर ३ मा वडा सचिव सर्वसहमतिमा, तुलसीपुर ४ बाट बालाराम खड्का क्षेत्रीय प्रतिनिधि (सर्वसहमतिमा) , बिगत केही बर्षदेखि होटेल ब्यबसाय सञ्चालन गर्दै आएका देबिराम कुसारी दंगिशरण २ बाट मतदान मार्फत, घोराही १६ बाट सपना बोहरा (सर्वसहमतिमा), घोराही ६ बाट पत्रकार पिताम्बर रिजाल (सर्वसहमतिमा)लमही नगरपालिका वडा नं.७ का किरण बिक्रम शाह (सर्वसहमतिमा)  लमही ९ बाट प्रिया स्मृती गजमेर (सर्वसहमतिमा) क्षेत्रिय प्रतिनिधि र  लमही ७ को वडा सदस्यमा टेकबहादुर पुन (सर्वसहमतिमा)मा निर्वाचित भएका छन् ।

त्यस्तै लमही १ बाट पत्रकार मुरारीकुमार शर्मा क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । उनी नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षपनि हुन ।

पत्रकार नै नेपाली काँग्रेसको १४औं महाधिबेशनमा सहभागी भइ निर्वाचित भएपछि त्यसको पक्ष र बिपक्षमा टिकाटिप्पनीहरु हुन थालेका छन् ।

 

 

 

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *