
तस्विर : राजेश खत्री
काठमाडौं, भदौ १० । नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।
बिहीबार पार्टी गठनपछि पहिलो पत्रकार सम्मेलन गरेर अध्यक्ष नेपालले आँफुहरु प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका हुन । नेपालले पाँच दलीय गठबन्धनबाट सरकारमा प्रतिनिधित्व हुने स्पष्ट पारे ।
नेपालले पार्टी पदाधिकारी राष्ट्रिय सम्मेलनबाट गठन गरिने भन्दै आफूले आजीवन राजनीति नगर्ने घोषणा पनि गरे । आफ्नो पार्टीले युवा पुस्तालाई अगाडि बढाउने बताए ।
उनले आउदो चुनावको पाँच वर्षसम्म मात्रै पार्टी नेतृत्वमा रहने स्पष्ट पारे । त्यसपछि युवालाई पार्टी सुम्पने उनले बताए । भने ‘ म लौरो टेकेर पदमा बसिरहने छैन ।’
प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार