२०८२ कार्तिक २१ गते शुक्रवार

म पार्टी एकताको पक्षमा छु – उपाध्यक्ष ज्ञवाली

तुलसीपुर, भदौ ३ । ९औं महाधिवेशनबाट एमाले उपाध्यक्षमा निर्वाचित दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बनकट्टी निवासी युवराज ज्ञवालीले भने आफु समाजबादी पार्टीमा नजाने बताएका छन् ।

म पार्टी बिभाजन नगरौं भन्ने पक्षमा उभिएको छु,’ उपाध्यक्ष ज्ञवालीले भने ‘ कसैलाई सहयोग वा असहयोग भन्नु भन्दापनि म एमाले बिभाजन गर्नु हुन्न पक्षमा उभिएको छु ।’

आफुले प्रतिनिधि सभा भंग गर्दा पार्टी अध्यक्ष ओलीको खुलेरै बिरोध गरेको भएपनि पार्टी ओलीको मात्रै नभएको हुँदा पार्टी एकता कायम राख्नुपर्ने उनले तर्क गरे ।

‘ एमाले हामीले नै बनाएको हो, संगठन निर्माणमा हामीले धेरै पसिना बगाएका छौं,’ उपाध्यक्ष ज्ञवालीले भने ‘ त्यसैल मैले बरु पार्टी भित्रै बसेर संघर्ष गरौै भन्ने कुरा गर्दै आएको छु।’

पहिला ओली पक्षले ढोका नै बन्द गरेर आयोजक कमिटी गठन गरेको हुँदा त्यतिखेर अर्कौ नयाँ पार्टी खोलेर जाने कि रु भन्ने पक्षमा आफुसमेत रहेको भएपनि पछिल्लो समय संसद पुर्नंस्थापना भइसकेको र पार्टी दश बुँदे सहमतिमा टेकेर पार्टी एकता गर्न सकिने उनको भनाई छ ।

‘ संसद पुर्नंस्थापना भएर संविधान कार्यान्वयनको दिशामा आइसकेपछि र ओली सरकारबाट बाहिरी सकेपछि सबैको सहमतिमा कार्यद लबनेको हो,’ ज्ञवालीले भने ‘ त्यो कार्यदल सबैको सहमतिमा गठन भएको र त्यसैमा उभिएर पार्टी एकताको मर्म खोजिनु पर्छ ।’

उनले पार्टीमा अर्कौ अध्यक्षको पद सृजना गरेर जाने भन्ने बारेमा समेत छलफल चलिरहेको समयमा अर्कौ दल दर्ता गर्नको लागि निबेदन दिनु हतारको निर्णय मान्न नसकिने उनले बताए ।

‘पार्टी भित्रै बसेर छलफल गरौं, बहस गरौं, संघर्ष गरौं,’ ज्ञवालीले थपे ‘तर, पार्टी बिभाजन नगरौं भन्ने मेरो मान्नेता हो ।’

उनले आँफु एमाले ९समाजबादी० पार्टी गठन भएपनि त्यसमा नजाने र त्यता गएकाहरुलाई समेत एमालेमा ल्याउन प्रयास गर्ने बताए ।

उपाध्यक्ष ज्ञवाली बहुदल स्थापना पछि २०४८ सालमा भएको आम निर्वाचनका क्रममा तत्कालिन दाङको निर्वाचन क्षेत्र नं। ४ बाट नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्कासंग पराजित भएका थिए ।

त्यस्तै २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनको क्रममा ज्ञवाली तत्कालिन दाङको निर्वाचन क्षेत्र नं। ४ बाटै नेकपा माओबादीका स्वर्गिय नेता शिबराज गौतमसंग पराजित भएका थिए ।

बुधबार मात्रै माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा पुगेर नेताहरुले उक्त दल दर्ताको लागि निबेदन दिएका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *