२०८२ कार्तिक २१ गते शुक्रवार

जबसम्म विधिको शासन र मानव अधिकारको रक्षा हुँदैन तबसम्म देशका नागरिकले गणतन्त्रको अनुभुति गर्न पाउँदैनन् – न्यायाधीस अंसारी

शान्ति समाज दाङ शाखाको २४ औं साधारण सभा

तुलसीपुर,साउन २३ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २४ औं जिल्ला साधारण सभा शनिवार तुलसीपुरमा भएको छ ।

मानव अधिकार,शान्ति,लोकतन्त्र र अहिंसा भन्ने मूल नाराका साथ कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उच्च अदालत तुलसीपुरका न्यायाधीस नसरुल्लाह अंसारीले जबसम्म विधिको शासन र मानव अधिकारको रक्षा हुँदैन तबसम्म देशका नागरिकले गणतन्त्रको अनुभुति गर्न नसक्ने बताए ।

कानुन,संबिधान सबैमा अधिकारको व्यवस्था गरेको बताउदै उनले शान्ति प्रक्रिया,लोकतन्त्र,विभिन्न सुशासनलाई रोक्न शान्ति समाजले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

शान्ति समाज दाङ शाखाका सभापति तुलसीराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपसभापति शुशिल बस्नेतले विश्व शान्तिको लागि सबै एक भएर लाग्नु पर्ने धारणा राखे ।

उनले मुलुकमा लोतन्त्रलाई सुनिश्चित गर्न संस्था स्थापना कालदेखि निरन्तर लागि राखेको बताए ।

कार्यक्रममा दाङ शाखाका सस्थापक सभापति,वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले लोकतन्त्र बलियो बनाउन शान्ति समाज खरो रूपले उत्रन जरुरी रहेको तर्क गरे ।

अधिवक्ता मोहन धितालले लोकतन्त्रको स्थापना र मानव अधिकार रक्षाका लागि दाङ शाखाले अग्रह पंक्तिमा रहेर काम गरेको भन्दै प्रंससा गरे ।

साथै उनले संविधानले प्रत्याभूत गरेको मानव अधिकारका घटनाहरू घटिरहेको भन्दै आगामी दिनमा यी घटनालाई न्यूनीकरण गर्न समाजले अभियान थाल्नु पर्नेमा जोड दिए ।

नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले भाषणले मानव अधिकारको संरक्षण नहुने भन्दै व्यवहार पारदर्शी बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा समाजका केन्द्रीय समावेशी सचिव निर्मल नेपाली, उच्च अदालत बार इकाई तुलसीपुरका अध्यक्ष पुष्कर भण्डारी, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी, महिला अधिकारकर्मी शुष्मा गिरी, शिक्षक महासंघ दाङका सचिव नबराज डाँगी, शान्ति समाज सल्यान शाखाका पूर्व सभापति शिव शंकर गिरी, नेकपा माओवादीका सेशुराम भण्डारी,नेकपा एमालेका पदम केसी, राष्ट्रिय अपाङ्ग महासंघ दाङ शाखाका अध्यक्ष देबा डाँगी,दाङ साहित्य प्रतिष्ठानका अध्यक्ष डिल्लीराज गौतम,जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी, तुलसीपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी,तुलसीपुर सुनचाँदी व्यवसायी समितिका अध्यक्ष हरि विक, लगाएले मानव अधिकार र शान्ति एक अर्काको पूरक भएको बताउँदै दबिएका अधिकारहरू उठान गर्न समाजले महत्वपुर्ण भूमिका खेलेको बताए ।

उनीहरुले राजनीतिक घटनाक्रम हेर्दा शान्ति समाजले संघीयताको कार्यान्वन गर्न सफल हुदै आफ्नो मूल्य र मान्यताको अग्रणी भूमिकालाई जोड दिनुपर्ने बताए । कार्यक्रममा समाजका सचिव निर्मला डाँगीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कमल डाँगी आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै सो अवसरमा शान्ति समाजलाई आर्थिकरुपमा सहयोग गर्ने र रक्तदान गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

 

 

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *