२०७८ असोज ८ गते शुक्रवार

नेपालगञ्ज टू पोखरा सिधा उडान

भाडा ५ हजारदेखि साढे ७ हजारसम्म निर्धारण

दाङ, साउन, १८ । नेपालगञ्ज टू पोखरा सिधा उडान सुरु भएको छ । बुद्ध एअरले सोमबारदेखि नेपालगञ्जको टू पोखराको व्यावसायिक उडान सुरु गरेको हो।नेपालगञ्ज टू पोखरा सिधा उडान गर्ने माग यात्रुले लामो सयमदेखि गर्दै आएका थिए ।

यात्रुको माग र सुबिधालाई मध्यनजर गर्दै नेपाल एशोसियशन अफ टूर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरले सरकार र हवाई कम्पनीलाई दबाब दिन यसअघि गत फागुनमा नेपालगञ्ज टू पोखरला चार्टर उडान सुरु गरेको थियो।सीता एअरको १८ सिटे जहाजबाट उक्त चार्टर उडान गरिएको भएपनि कोभिड– १९ को दोस्रो महामारीको लहरका कारण त्यो बीचमै बन्द हुन पुगेको थियो ।

यो भन्दा दूई वर्ष पहिले पनि बुद्ध र यति एअरले नेपालगञ्ज टू पोखरा सिधा उडान भर्ने तयारी गरेको भएपनि त्यो संभव भएन ।तर, हाल आएर बुद्ध ऐयरले १८ सिटे जहाजबाट साताको तीन दिन सिधा उडान गर्न थालेको छ ।

आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज टू पोखरा सिधा उडान सुरु गरिएको बुद्ध एअरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहले जानकारी दिए ।

तत्कालका लागि हप्तामा तीन वटा उडान सुरु गरिएपनि कोरोना महामारीको समस्या समाधान भएपछि हप्ताको सातै दिन ठूलो प्लेन मार्फत उडान गरिने शाहले बताए ।नेपालगञ्ज टू पोखरा सिधा उडान सुरु भएपछि देशका दूई ठूला सहरहरुको आन्तरिक पर्यटन प्रबद्धनमा टेवा पुग्ने शाहले बिश्वास ब्यक्त गरे ।

नेपाल एशोसियशन अफ टूर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगन्ज टू पोखरा सिधा उडाउने नेपालगञ्ज र पोखराको पर्यटन प्रबद्धनमा टेवा पुग्ने आशा ब्यक्त गरे ।

रारा, कैलास मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुञ्ज लगायत पश्चिम क्षेत्रका पर्यटकीय स्थल घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर नेपालगञ्जमा आधा दर्जन बढी तारे होटल सञ्चालनमा रहेको हुँदा ती सबै नेपालगञ्ज टू पोखरा सिधा उडानले प्रत्यक्ष रुपमा जोडिने उनको बिश्वास छ ।

भारतीय पर्यटक नेपालगञ्ज नाका हुँदै नेपाल भित्रने र उनीहरु अब सोझै सुन्दर पोखरा घुमेर फर्किन पाउने हुँदा यो रुट पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने उनले दाबी गरे ।पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले पनि यसअघि सिधा हवाई उडान नहुँदा पर्यटकहरु बढी आर्थिक भारमा पर्नुका साथै घुमाउरो यात्रा गर्न बाध्य भएपनि अब त्यसबाट यात्रुले मुक्ति पाएको बताए ।

पहिलो पटक नेपालगञ्ज टू पोखरा व्यवसायिक उडान सुरु भएपछि नेपालगञ्ज क्षेत्रका होटल ब्यवसायी, पर्यटन व्यवसायी आशाबादी बनेका छन् ।आइतबार विभिन्न सरोकारवाला निकायले पहिलो उडानमा पोखराबाट आएका यात्रु र नेपालगञ्ज टू पोखरा जान थालेका यात्रुलाई नेपालगञ्ज बिमानस्थलमा अभिर खादा लगाएर स्वागत तथा बिदाई गरिएको थियो ।

लगभग आधा घन्टामा नेपालगञ्ज टू पोखरा पुग्न सकिने छ । चालक दलका सदस्य मनिस पुनले पोखरा टू नेपालगञ्जको पहिलो उडान ३४ मिनेटमा पुरा गरेको जानकारी दिए ।हाललाई नेपालगञ्ज टू पोखरा उडानमा प्रतिव्यक्ति भाडा ४ हजार ९ सय ९५, पाँच हजार ५ सय ६५ र ७ हजार ६ सय ६५ निर्धारण गएिको छ ।

त्यस्तै नेपालगञ्ज टू पोखरा रुटका लागि पोखरा भ्रमणमा जाने पर्यटकका लागि स्पेशल प्याकेज पनि सार्वजनिक गरिएको छ ।जहाँ नेपालगञ्ज टू पोखरा जाने र फर्किने भाडा, दूई रात बास, नास्ता र विमास्थलदेखि होटलसम्म यातायातको व्यवस्थासहित ११ हजार निर्धारण गरिएको छ ।

त्यस्तै पोखराबाट बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गर्न चाहानेले उल्लेखित सुबिधासहित १३ हजार ९ सय तिर्नु पर्ने ब्यबस्था गरिएको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *