२०७८ असोज ८ गते शुक्रवार

तुलसीपुरमा ५० देखि ५४ वर्षका ब्यक्तिलाई जोनसन खोप लगाउन सुरु

तुलसीपुर, साउन १५ । तुलसीपुरमा ५० देखि ५४ बर्ष उमेर समुहका ब्यक्तिहरुलाई कोरोना भाइरस बिरुद्धको जोनसन खोप लगाउन सुरु गरिएको छ ।तुलसीपुरका ६ हजार ३ सय ८४ जनालाई खोप लगाउने लक्ष्यका साथ शुक्रबारदेखि अभियान सुरु गरिएको हो ।खोप अभियान तीन दिनसम्म चल्ने छ । नगरका १९ वटै खोप केन्द्रबाट खोप लगाइने भएको छ ।खोप अपाङ्गता अन्तरगत ‘क’ र ‘ख’ वर्गको परिचय पत्र भएका व्यक्तिका लागि पनि लक्षित गरिएको छ ।

आपाङगता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर खोप प्रदान गरिने भएको छ ।हरेक खोप केन्द्रमा एक जना खोप कार्यकर्ता र दूई जना स्वास्थय स्वंसेवकको ब्यबस्था गरिएको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

एक दिनमा एउटा खोप केन्द्रमा एक जना खोप कार्यकर्ताले १२५ देखि १५० जना सम्मलाई खोप लगाउने लक्ष्य लिइएको छ ।त्यस्तै छुट भएका कर्मचारी, संघ सस्था, शिक्षक, सार्वजनिक यातायात चालक र सहचालकलाई भने छुटै केन्द्र ब्यबस्था गरी खोप लगाइने फोकल पर्सन केसीले बताए ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *