शरद रेग्मी, साउन, तुलसीपुर,१५ । सोनापुर सिमेन्ट प्रालिले आफ्नो उद्योग परिशरमा अक्सिजन प्लान्ट स्थापना गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका १८ दुधरास स्थित उद्योग परिशरमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।
उद्योगबाट दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन हुने सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठकले जानकारी दिए । उद्योगले आफ्नै लगानीमा अक्सिजन पलान्ट स्थापना गरेको हो । महाप्रबन्धक पाठकका अनुसार एक महिना भित्रमा अक्सिजन उत्पादन सुरु हुने छ ।
हाल जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले १००, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ७५, दाङ अक्सिजन उद्योगले १०० गरि जम्मा झन्डै ८ सय हारीहारीमा दैनिक अक्सिजन सिलिण्डर उत्पादन क्षमता राख्दछन् ।
यसैबीच उद्योगमा स्थापना भएको अक्सिजन प्लान्टको बिहीबार दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निरिक्षण गरेका छन् ।
कोरोना भाइरसको दोस्रो लहरको क्रममा दाङमा अक्सिजन सिलिण्डरको ब्यापक अभाव भएको थियो । बाँकेबाट किनेर ल्याउनु पर्ने अक्सिजन प्राप्त नहुँदा बिरामीहरु तड्पिनु पर्ने अवस्था थियो ।
भविस्यमा त्यस्तो काहाली लाग्दो अवस्था आइ नलागोस भनेर अक्सिजन प्लान्ट स्थापना गरिएको उद्योगका महाप्रबन्धक पाठकले बताए ।