२०८१ चैत्र ६ गते बुधवार

स्थानीय भाषा र संस्कृति संरक्षणमा जोड


तुलसीपुर, असार २ । तुलसीपुर क्षेत्रका आदीवासी जनजातिहरुले आफ्नो भाषा र संस्कृति संरक्षणमा जोडदिनुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम ल्याउनु अघि तुलसीपुर क्षेत्रमा छरिएर रहेका उनिहरुलाई बोलाएर राय र सुझाव संकलन गरिएको हो ।

सो अवसरमा सहभागीहरुले गुरुङ होमस्टे निर्माण, पञ्चेबाजा, भाषा, धार्म, संकृति, मठमन्दिर संरक्षणमा जोड दिएका थिए ।
त्यसैगरी उनिहरुले मर्चुङगा, बाँसुरी, झ्याली, सनाई, दमाह, टयामकली, नर्सिङा ढोल र लोक नृत्य तर्फ सोरठ्ठी, भूमे, घाटु नाँचको संरक्षणमा पनि जोडदिनु पर्ने उनिहरुले जोड दिए ।

सामाजिक विकास समितिका संयोजक कुमार लामीछानेको अध्यक्षतामा भएको छलफलमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया शर्मा, नेवार समाजका नरेशराज भण्डारी, मोहन गुरुङ, मानबहादुर गुरुङ, दलबहादुर गुरुङ, छोटीलाल चौधरी, पण्डित खगेन्द्र बस्याल लगाएतले धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *