तुलसीपुर, जेठ ३० । राप्ती आँखा अस्पताल तुलसीपुर तुलसीपुर मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री सहयोग दिएको छ ।
नर्वेको सहयोगमा आँखा अस्पतालले सर्जिकल मास्क ७ हजार थान, अक्सिजन कन्सटे«टर एक थान, सेनिटाइजर २० लिटर, ग्लोभ्स १० प्याकेट, र पिपिई ३० थान उपलब्ध गराएको हो ।
नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीले तुलसीपुरका मेयर प्रमुख घनश्याम पाण्डेलाई आइतबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।
कोभिड महामारी नियन्त्रण र व्यवस्थापनका लागि कोरोना आइसोलेसन संचालन गरेको मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको संघका अध्यक्ष गिरीले बताए । सो अवसरमा नगर प्रमुख पाण्डेले विपतको समयमा सहयोग गरेको भन्दै धन्यवाद दिएको मेयरका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार