जेठ २९। नेपालमा पछिल्लो २४ घण्टामा ३३८४जना कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कुल १४ हजार ४९४ जनाको परीक्षण गरिएको थियो। ती मध्ये ८५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ६२९५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।
यस्तै मृत्यु हुनेको सङ्ख्या ६१ रहेको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ३६६ पुगेको छ।
प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार